कञ्चनपुरमा भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया – कञ्चनपुरमा भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम राना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।।

nisarga

बुधबार राति ८ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको सुपप्र ०१ ००१ प ८३९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भैसीगाडासँग ठोक्किएको प्रहरीले जनाएको छ।