
धनगढी – गेटा मेडिकल कलेजमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशी आउने भएका छन् ।
मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो।

जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामोसमयसम्म काम गरेका थिए। सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना सरकारको रहेको छ ।



















