रामायण सर्किटमा सन्चालित रेल नेपाल आउँदै

padma

जनकपुर – रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । भारतीय पर्यटकहरु सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ ।

Shikhar Dental

जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गरेको छ । उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी छ ।

सो रेलको सबै १४ डिब्बामा भारतीय लोककला, सँस्कृति, परम्परा, सम्पदाल झल्काउने तस्वीर राखिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.