
अत्तरिया – दिगो विकास सम्वृद्ध गोदावरीले ८ ओटा माग राख्दै नगरपालीकालाई ज्ञापनपत्र बुझाएको छ ।
बिहिबार अभियानका संयोजक गणेश जिमी साँउदले गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्ट तथा उपप्रमुख शारदा देवी रोकायालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा १२ ओटै वडामा डेलिभर सेन्टर स्थापना गर्नुपर्ने, मालाखेती अस्पतालमा चिकित्सक सेवाको प्रभाबकारी व्यवस्था गर्नु पर्ने तथा प्रत्येक वडामा एउटा सर्पदंशा स्थापना गर्नुपर्ने ,गोदावरी नगरपालिका भित्र एक घर एक शुद्ध खानेपानीको धाराको व्यवस्था ,तहगत सिचाइ प्रणाली मार्फत सिचाइ अगाडी बढाउनु पर्ने, प्रत्येक वडामा एउटा विद्यालयमा व्यवसायिक तथा प्राबिधिक शिक्षा लागु गर्नु पर्ने , गोदावरी नगर क्षेत्रमा रहेका छाडा चौपायाहरुको उचित व्यवस्थापन गर्नु पर्ने , दर्ब्यसनी रोकथामका लागि सुधार केन्द्रको स्थापना गर्नुपर्ने, अति आवश्यक दिर्घकालीन रहने गरी भौतिक पुर्वाधारको कार्य अगाढी बढाउनु पर्ने अभियानले माग गरीएको छ ।
यस्तै मुख्य आर्थिक स्रोतको रुपमा रहेको धार्मीक पर्यटनका लागि धार्मीक सर्किट निर्माण गरी गोदावरी धाम , मष्टा धाम , ग्वाला देउ , बेहेडा बाबा, शिवपुरी धाम , समैजी, सेलफाटा धामहरुलाइ एकिकृत गरी गोदावरी क्षेत्रका धामहरुको विकास गर्नुपर्ने तथा अन्य धामहरुको विकासका लागि सम्बन्धित स्थानीय निकाय संग समन्वय गर्नु पर्ने माग गरिएको छ।
अभियान कर्ताहरुले यि मागहरु नगरपालिकाको निती तथा कार्यक्रममा पनि समाबेश गर्नुपर्ने समेत अभियानले माग गरेको छ ।



















