सुदूरपश्चिममा बिहीवार ९ जनामा कोरोना संक्रमण पुष्टि

padma

धनगढी – पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेश कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन्। आज बिहीवार मात्रै प्रदेशमा ९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ३०७ जनाको एन्टिजेन र २१ जनाको पीसीआर परीक्षण गर्दा आज ९ जनामा संक्रमण पुष्टि भएको हो।

Shikhar Dental

धनगढीको सेती प्रादेशिक अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ६ जना र कैलाली–कञ्चनपुरमा ३०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ।

प्रदेशमा १९ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.