गोदावरी नगरपालीकाका विभीन्न कोरोना खोप केन्द्रको अनुगमन

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका विभीन्न कोरोना खोप केन्द्रको अनुगमन गरीएको छ ।
प्रयास नेपाल कैलाली र जि आइ जेडका प्रतिनिधीले कोरोना खोपकेन्द्रको अनुगमन गरेका हुन् । गोदावरी नगरपालीकामा बिहिवारदेखी ५ देखी १२ वर्ष उमेर समुहका बालबालीकालाई कोरोना भाईरस विरुद्धको खोप लगाँईदै छ ।

शुक्रबार गोदावरी नगरपालीका वडा नम्बर ४ मा रहेको दुर्गा मा वि हाटखोली,राष्ट्रीय मा वि बास्कोटा र वडा नम्बर ७ मा रहेको दुर्गा भवानी मा वि हरैयामा पुगेर अनुगमन गरीएको हो ।

Shikhar Dental

अनुगमनमा प्रयास नेपालका अध्यक्ष लोकराज जोशी,कार्यक्रम संयोजक राम बानीया तथा जि आइ जेडका प्रतिनिधी,जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशी,जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

प्रयास नेपालका कार्यक्रम संयोजक राम बानीयाले अनुगमनका क्रममा तोकिएको उमेर समुहका सबै बालबालीका खोप कार्यक्रममा सहभागी भएको पाईएको बताए ।

विधालयमै खोपकेन्द्र राखीएका कारण पनी प्राय सबै बालबालीका खोपमा सहभागी भएको उनले बताए । प्रयास नेपालले जि आइ जेड संगको सहकार्यमा गोदावरी नगरपालीकाका आठ ओटा विधालयमा परियोजना लागु गरी काम गर्दै आएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.