धनगढीमा तीन लाख सात हजारको अवैध सामान बरामद

Image
maya metro

धनगढी – धनगढीमा सशस्त्र प्रहरीले ५ लाख ५७ हजार बढीका अवैध सामान बरामद गरेको छ ।

शनिबार कैलालीको धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले धनगढीस्थीत त्रिबेणीघाटबाट ५ लाख ५७ हजार ३६० मुल्यका अवैध सामान बरामद गरेको हो ।

nisarga

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको कपडा, चप्पल र अटोरिक्सा बरामद गरिएको हो।

उक्त सामान बोक्न प्रयोग गरिएको से १ ह ११८१ र से १ स ३६५९ नम्बरको अटोलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि  कैलाली भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।