कञ्चनपुरमा चरेससहित एकजना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा चरेससहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको हो।
उनलाई भिमदत्त नगरपालिका १८ सालघारीबाट ४७. ५५ ग्राम लागूऔषध (चरेश)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
