बलात्कार विरुद्धको चौँथो राष्ट्रीय अभियान आजबाट सुरु

बलात्कारका घटनामा हदम्यादको व्यवस्था खारेज गर्नुपर्ने माग

padma

अत्तरिया – बलात्कार विरुद्धको चौँथो राष्ट्रीय अभियान आजबाट सुरु गरीएको छ । महिला पुन स्र्थापना केन्द्र (ओरेक)सहित अधिकारको क्षेत्रमा क्रियाशिल १८ ओटा सँस्थाले असार १२ गतेदेखी राष्ट्रव्यापीरुपमा सातओटै प्रदेशमा अभियान सुरु गरेका हुन् ।

अभियान आँउदो मंसिर सम्म चल्ने ओरेककी कैलाली कार्यक्रम संयोजक विनु रानाले जानकारी दिएकी छिन् । अभियान अन्र्तगत कैलालीमा पहिलो दिन जिल्ला प्रशाशन कार्यालयमा धर्ना दिँदै प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाईएको छ । मागपत्रमा बलात्कार जस्तो जघन्य अपराधको घटनामा हदम्यादको व्यवस्था खारेज गरिनुपर्नेे माग गरीएको छ ।

बलात्कारको मुद्दा दर्ताको प्रक्रिया सहज गरी दु्रत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्नपनी माग गरेको छ । पीडकले आत्मसम्मानकासाथ बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न तथा विभेदीत सामाजिक संरचनाको रुपान्तरण गरी हिंसा विरुद्ध शुन्य सहनशीलता सुनिश्चित गर्न माग गरिएको छ ।

Shikhar Dental

बलात्कार तथा यौनशोषणबाट जन्मिएका बालबालीकाहरुको आमाको नामबाट बिनाकुनै झन्झट आत्मसम्मान सहितको पहिचानको सुनिश्चितता गर्न ओरेक सहितका सँस्थाले ले माग गरेका छन् । आज अभियानको पहिलो दिन जिल्ला प्रशाशन कार्यालय,मुख्यमन्त्री लगायतलाई मागपत्र बुझाईएको र आगामी दिनमा र्याली,अन्र्तक्रिया,हस्ताक्षर संकलन लगायतका कार्यक्रम अघि सारीने संयोजक रानाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छिन् ।

“बलात्कारबाट प्रभावित महिलाहरुको कानुनी तथा सामाजिक न्याय सुनिश्चितताकालागी जबर्जस्ती करणीमा हदम्याद नराखी कानुन संसोधन गर्न माग गर्दछौँ संयोजक रानाले पत्रकार सम्मेलनमा अभियानको उदेश्यबारे प्रष्ट पार्दै भनीन् हिंसा प्रभावित र निजसंग आश्रीतलाई राज्यले निशुल्क स्वास्थ्य,क्षतीपुर्ती तथा मनोसामाजिक उपचार एवम् परामर्सको व्यवस्था गर्न,सुरक्षा र पुर्नस्थापनको व्यवस्था गर्न र कानुनको पुर्णरुपमा कार्यान्वयन गरी दण्डहिनताको अन्त्यकालागी कानुन निर्माणकर्ताहरु र समग्र राज्यलाई नै दवाब दिनकालागी यो अभियानको सुरुवात गरीएको हो ।”

गएको चैत्र,वैशाख र जेष्ठ गरी तीन महिनामा ओरेकमा मात्रै ५९० ओटा महिला हिंसाका घटना दर्ता भएका छन् जस्मा १३२ ओटा यौन हिंसाका घटना रहेका छन् । यी मध्ये ७१ ओटा बलात्कार र १६ ओटा बलात्कारको प्रयासका घटना रहेको बताईएको छ । नेपाल प्रहरीको तत्थ्यांकलाई समेत विश्लेषण गर्दा दैनीक औसत ७ ओटा बलात्कारका घटनाको उजुरी पर्ने गरेको महिला पुन स्र्थापना केन्द्र (ओरेक)ले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.