घोडाघोडीका उत्कृष्ट कृषक नगद सहित सम्मानीत

padma

 कैलाली – कैलालीमा बिहीबार १२ जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मानीत गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाले  नगरका १२ वडाबाट एक एक जना किसान छनौटगरी उत्कृष्ट किसान लाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । नगरपालिकाले प्रत्येक वडाका १/१ जना गरी १२ वडाका १२ जना उत्कृष्ट कृषकहरू लाई सम्मान गरेको हो ।

Shikhar Dental

नगरपालिकाले तरकारी खेती, चैते धान, खाद्यान्न, केरा र आलु उत्पादन खेतीमा संलग्न किसान लाई सम्मान गरेको छ । उनीहरू लाई नगर प्रमुख खडक बहादुर रावतले नगद ६ हजार सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका हुन् ।

आफूहरूले अझै पनि मल खाद, बजार र सिँचाइको अभाव झेल्नु परेको किसानहरूले गुनासो गरेका छन् । वडा अध्यक्षको सिफारिसमा प्रत्येक वडा बाट १ जना गरी १२ जना उत्कृष्ट किसानहरूलाई छनोट गरेको बताइएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.