दक्षिण कोरियामा ५ प्रतिशत तलब बढ्ने

padma

दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ ।

Shikhar Dental

बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) बनाएको हो ।

तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया पुगेका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् ।

अब मासिक रुपमा कामदारको न्यूनतम तलब २० लाख १० हजार (२ लाख रुपैयाँ) वन हुनेछ । ओभरटाइम र सार्वजानिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरुमा लागू हुनेछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.