बैतडीमा ७५ प्रतिशत रोपाइँ सम्पन्न

Image
maya metro

बैतडी – बैतडीमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाको ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।

असार १५ गतेसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए।

nisarga

सिँचाइको सुविधा भएका ठाउँमा रोपाइँ सम्पन्न भएको उनले बताए।

जिल्लामा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएको र असार महिनाभित्रै सबै ठाउँमा रोपाइँ भइसक्ने बताइएको छ।