दार्चुलामा पहिरोमा परी एक युवकको मृत्यु

दार्चुला – दार्चुलामा पहिरोमा परी एक जना युवकको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका वडा नम्बर ६ परीगाउँका मान बहादुर ठगुन्नाका २१ बर्षीया छोरा करन सिह ठगुन्नाको पहिरोमा परी मृत्यु भएको हो ।


शनिबार बेलुकी साढे चार बजेको समयमा भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
