छाङरुमा ३ नेताको सालिक राखियो

padma

दार्चुला – दार्चुलामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा पहिलोपटक उठाउने दार्चुलाका तीन जना दिवंगत नेताको सालिक बनाइएको छ ।

Shikhar Dental

व्याँस गाउँपालिका–१, छाङरुको घाघाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको हो ।

सुदूरपश्चिमको वन मन्त्रालयको आर्थिक सहयोगमा प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले सालिक निर्माण गरेको प्रतिष्ठानका अध्यक्ष किसन सिंह धामीले बताए । कालापानीलाई राष्ट्रिय मुद्दा बनाउन योगदान गरेका योद्धाहरूको सम्मान र स्मरणमा सालिक निर्माण गरिएको हो ।

यसले इतिहास जीवन्त राख्ने स्थानीयले बताएका छन् । सालिक निर्माणका लागि व्यास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोक बोहराले स्थान छनोटमा सहयोग गरेका धामीले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.