गोदावरी नगरपालीकाको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशाशकीय अधिकृत बसन्त खत्री,नगरपालीकाका प्रवत्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष गोपालदत्त भटट् ,सर्वसाधारण सघंसँस्थाका प्रतिनिधी लगायतको उपस्थीतीमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीबाट आएका गुनासोलाई प्रमुख प्रशाशकीय अधिकृत बसन्त खत्रीले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेय (आगो) ले नगरपालीकामा भए गरेका कामको अनुगमन हुन नसकेको गुनासो गरेका थिए । उनले नगरपालीकाले योजना हाल्ने तर अनुगमनमा नजाने गरेकै कारण विकास निर्माणका कामहरु दीर्घकालीनरुपमा टिक्न नसकेको बताए ।

nisarga

सडक निर्माण गर्दा समेत विना निकासका नाली बनाएकोले नाली भएका ठाँउमा पनी डुवान हुने गरेको उनले बताए । योजना हालीसकेपश्चात सुरुवात,मध्य तथा काम सम्पन्न हुने बेला गरी कम्तीमा तीन चरणमा अनुगमन अनिवार्य रुपमा गर्नुपर्ने उनले बताएका थिए । त्यस्तै नगरपालीकाले स्थानीय स्तरमा सबैसंग समुन्वय गरेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो । सार्वजनीक सुनुवाई कार्यक्रममा आफ्ना गुनासो राख्दै थ्री डिभीएल सँस्थाका अध्यक्ष दिपक ओझाले नरपालीकाले दिने अनुदान सहि ठाँउमा नपुगेको बताएका थिए ।

उनले वास्वविक किसानले अनुदान पाउने भन्दापनी फर्म दर्ता गरी कागजपत्र नगरपालीकालाई बुझाउने किसानले मात्रै अनुदान पाउने गरेको गुनासो गरे । त्यस्तै उनले कृषी लगायतका क्षेत्रमा युवापुस्तालाई समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरे । गुनासा सम्बोधन गर्दै प्रमुख प्रशाशकीय अधिकृत खत्रीले ऐनमा नै अनुगमन समिति बनाउने व्यवस्था भएकोले सोहि अनुसार काम हुने गरेको बताए । उनले सडक निर्माण गर्दा नाली बनाईएपनी कुनैकुनै ठाँउमा विना निकासका नाली हुँदा डुवान हुने गरेको भने स्वीकार गरे ।

कृषी क्षेत्रमा अनुदान दिँदा फिल्ड अनुगमन गरेर मात्रै दिने गरेको उनले बताए । उपप्रमुख शारदा देवी रोकायाले कर्मचारी र जनप्रतिनीधीको तर्फबाट नगरपालीकामा कुनै पनी किसीमको सेवामा ढिलासुस्ती नगर्ने प्रतिवद्धता व्यत्त गरीन् । त्यस्तै नगरपालीका प्रवत्ता तथा वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टले सावैजनीक सुनुवाई जस्तो महत्वपुर्ण कार्यक्रममा बाक्लो उपस्थीती रहनु आवश्यक हुने बताँउदै अर्को आर्थीक वर्ष देखी नगरपालीकाले नै बृहत सार्वजनीक सुनुवाई गर्ने प्रतिवद्धता व्यत्त गरे ।

उनले आफु आफ्नो वडाको विकास तथा सुशासनको लागी प्रयत्न गर्ने बताए । सार्वजनीक सुनुवाई कार्यक्रममा नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत खत्रीले आर्थीक वर्ष २०७८÷७९ मा नगरभित्र भएगरेका कमहरु प्रस्तुत गरेका थिए । प्रगति समिक्षा गर्दै प्रमुख प्रशाशकीय अधिकृत खत्रीले आर्थीक वर्ष २०७८÷७९ मा १ अर्ब १२ करोड ४६ लाख ११ बजार अर्थात ८७ दशमलव ९२ प्रतिशत आम्दानी भएको बताए ।

गोदावरी नगरपालीकाको आयोजना,प्रादेशिक सुशासन केन्द्र पुन्ना डोटीको सहयोग तथा नेपाल पत्रकार महासंघ कैलालीको सहजीकरणमा सम्पन्न भएको सार्वजनीक सुनुवाई कार्यक्रमको संचालन पत्रकार भोजराज जोशीले गरेका थिए । सार्वजनीक सुनुवाई कार्यक्रममा सर्वसाधारणको उपस्थीती भने न्युन रहेको थियो ।