डडेल्धुरामा ग्यास सिलिन्डर लिकेज हुँदा घरमा आगलागी

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा ग्यास सिलिन्डर लिकेज हुँदा एक घरमा आगलागी भएको छ।

विहीवार बिहान जिल्लाको परशुराम नगरपालिका–१० कुरमुल्लेस्थित टेकराज पाण्डेयको घरमा आगलागी भएको हो

nisarga

आगलागी भएर घरमा रहेका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए।

उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। परशुराम नगरपालिकाको दमकल र प्रहरीको टोलीले आगलागी नियन्त्रणमा ल्याएको उनले बताए।