धनगढी – नगरपालिकाको कार्यालयमा घुसेर धम्की दिने तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा हतियारसहित प्रवेश गर्ने विरुद्ध मुद्दा दर्ता गरिएको हो।

प्रहरीका अनुसार घरेलु हतियारसहित नगरपालिकाको कार्यालयमा प्रवेश गरेका सोही ठाउँका वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई हिजै समातिएका थिए।


पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हितविरुद्ध अन्तरगतको अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। उनीहरु रिफ्रेस सेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालयभित्र हतियारसहित प्रवेश गरेका थिए।
