आँप टिप्दा रूखबाट खसेर एकको मृत्यु

padma

काभ्रे – काभ्रेमा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ। शुक्रबार जिल्लाको भुम्लु गाउँपालिका–५ का ४२ वर्षीय नवीन लामाको रूखबाट खसेर मृत्यु भएको हो।

Shikhar Dental

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले आँप टिप्ने क्रममा घर नजिकै रहेको आँपको रूखबाट खसेर मृत्यु भएको जानकारी दिए।

डिसपी खतिवडाले घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटाइएको बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.