मोहना अत्तरिया ६ लेन सडकको अत्तरिया खण्डमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ

padma

अत्तरिया – प्लानेट ग्रिन नेपालले शनिबार देखी मोहना अत्तरिया ६ लेन सडकको अत्तरिया खण्डमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।

अत्तरिया चोकमा उक्त कार्यको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले रुख रोपेर शुभारम्भ गरेका हुन ।

Shikhar Dental

संस्थाको पूर्व निर्धारित कार्यक्रम अनुसार वृक्षारोपण कार्यक्रमको शुभारम्भ भएको हो । प्लानेट ग्रिन नेपाल सँग सो कार्यमा अत्तरियाको एभरेष्ट एकेडेमिले पनि सहकार्य गरेको छ । उक्त कार्यक्रम अन्तरगत करिब ९ सय विरुवा रोपिने जनाइएको छ ।

आज शुभारम्भ भएको र आगामी दिनमा लगातार वृक्षारोपणको गर्ने कार्य अगाडी बढ्ने प्लानेट ग्रिन नेपाल संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले बताए । ६लेन सडक आयोजना सँग बिरुवा रोप्ने र संरक्षण गर्ने यस अघि नै समझौता गरीसकेको जोशीले बताए ।

क्रोटन, घण्टेश्वरी, सिरोज,गुलाव,  प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो, कामीनी लगाएतका विभिन्न फुलका बिरुवा रोपिने संस्थाले जनाएको छ । ६ लेन सडकको बिच भागमा बिरुवा रोपेर करिब ४ बर्ष सम्म संरक्षण गर्ने जिम्मा गोदावरी नगरपालीकाले लिने भएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.