अत्तरियामा ज्योति विकास बैंकको ११३ औँ शाखा उद्घाटन

padma

अत्तरिया – कैलालीको अत्तरियामा ज्योति विकास बैंकको ११३ औँ शाखा उद्घाटन गरिएको छ । सोमबार एक औपचारीक कार्यक्रमकाबिच गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले रिबन काट्दै शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले ज्योति विकास बैंकले यहाँका नागरिकको जिवनस्तर उकास्न महत्वपुर्ण भुमीका खेल्ने बताए । उनले वर्तमान समयमा बैंकहरुको ठुलो भुमीका रहेको भन्दै विशेष गरी व्यापारीहरुलाई आवश्यकता अनुसारका सेवा दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै ज्योती विकाश बैंकका संस्थापक शेयरधनी प्रेम बहादुर भण्डारीले बैंकले आफ्नो दाईत्व पुरा गर्नकालागी समाजको सहयोग अनिवार्य रहेको बताए ।

Shikhar Dental

बैंकले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा पनि कार्य गर्दै आएको उनले बताए । ज्योती विकाश बैंकले ग्राहकवर्गलाई आवश्यकता अनुसारका सेवाहरु छिटो र छरितो रुपमा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै बैंकका सिइओ श्री चन्द्र भट्टले ज्योति विकास बैंकले नागरिकको जिवनमा सास्वत र सार्थक सम्वृद्धी लयाउनमा भुमीका खेल्दै आएको बताए ।

प्रविधियुक्त समयमा सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका सेवाहरु उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको उनले बताए । देशभर ५० ओटा जिल्लामा शाखा रहेको बैंकले सुदूरपश्चिममा धनगढी, अत्तरिया, हसुलिया र कञ्चनपुरको महेन्द्रनगर गरी चार ओटा शाखा संचालमा ल्याएको छ । बैंकको चुक्ता पुजीँ करिब ४ अर्वको हाराहारीमा रहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.