कैलालीमा लागूऔषधसहित ३ जना फक्राउ

अत्तरिया – कैलालीमा लागूऔषधसहित ३ जना फक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका ९ शान्तिपुर बस्ने मेघराज पौडेलको घरबाट सोमबार दिउँसो ३५ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना फक्राउ परेका हुन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ शिवनगर बस्ने २८ वर्षीय हिक्मत बहादुर बमसहित ३ जना रहेका छन् ।


विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
साथै प्रहरीले उक्त घरबाट १० थान मोबाइल, लागूऔषध जोख्ने १ थान काटा, नगद ९५ हजार २०० नेपाली रूपैयाँ, नगद २ हजार १०० भारतीय रूपैयाँ, १ थान मोटरसाइकल, अन्य भन्सार छलिका मालसामान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
