अति विपन्न परिवारका छात्राहरुलाई शैक्षिक सामग्राी वितरण

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा अति विपन्न परिवारका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

मानव अधिकारकालागी महिला एकल महिला समुहले गोदावरी नगरपालीकाका १० जना अति विपन्न परिवारका छात्राहरुलाई शैक्षीक सामग्री वितरण गरेको हो ।

Shikhar Dental

नगरपालीका भित्र रहेका अति विपन्न एकल महिलाका छोरीहरुलाई शैक्षीक सामग्री वितरण गरीएको मानव अधिकारकालागी महिला एकल महिला समुह गोदावरी नगर अध्यक्ष माया विष्टले बताएकी छिन् ।

शैक्षीक सामग्रीमा कापी,कलम,झोला तथा स्यानेटरी प्याड रहेको उनले बताएकी छिन् । छोराछोरीको पुर्ण जिम्मेवारी आफै लिँदै आएकी एकल महिलालाई यस्ले थोरै भएपनी राहत पुगोस भन्ने उदेश्यले सामग्री हस्तान्तरण गरीएको उनले बताएकी छिन् ।

मानव अधिकारकालागी महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशको आयोजनामा सामग्री वितरण गरीएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.