आज दिउँसो सुदूरपश्चिममा वर्षाको सम्भावना

padma

धनगढी – मंगलाबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। अहिले प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको र दिउँसोपछि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

Shikhar Dental

बुलेटिन अनुसार आज दिउँसो र राति सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.