आज २०९ ‍औँ भानुजयन्ती,विविध कार्यक्रम गरी मनाइँँदै

padma

काठमाडौं – असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी बुधबार २०९औँ भानुजयन्ती मनाइँँदै छ।

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

Shikhar Dental

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।

भनिन्छ, जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।

भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ। विभिन्न संस्थाले भानुको रचना वाचनको प्रतियोगिता नै चलाएका छन्।

नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइन्छ। भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले बुधबार सार्वजनिक विदा दिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.