कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

padma

अत्तरिया – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Shikhar Dental

दुर्घटनामा मोटरसाइकल (से ७ प ११४७) चालक घोडाघोडी नगरपालिकाका २३ वर्षीय रामअवतार कठरीयाको मृत्यु भएको प्रहरीले बताएको छ।

मंगलबार राति जिल्लाको गौरीगंगा नगरपालिका-९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुपप्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

 त्यस्तै, कैलारी गाउँपालिका-८ का २० वर्षीय रोशन कठरीया, घोडाघोडीका २१ वर्षीय आशिष कठरीया र अर्को मोटरसाइकलका चालक गौरीगंगा-९ का २७ वर्षीय रमेश चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.