अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ९ बल्मीमा हाइलेक्स गाडी दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी काठमाडौं महानगरपालिकाका चालक ५१ वर्षीय रामेश्वर नजिर र गाडीमा सवार भक्तपुर नगरपालिकाकी २७ वर्षीया निर्जा घिमीरे घाइते भएका हुन्।


उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दिँउसो ३ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आँउदै गरेको ६२५३ नम्बरको गाडी कल्भर्टमा ठोकीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट १० मिटर तल खसेको छ ।
