धनगढी – कैलालीको कैलारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरेका हुन । पूर्ण खोप सुनिश्चितता गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम कैलारी गाउँपालिकाका सबै वडाहरुबाट सम्पूर्ण प्रक्रिया सम्पन्न गरी पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए ।


असार २९ गतेसम्म १६ महिनादेखि २३ महिना सम्मका ६ सय ८८ जना बालबालिकाले १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोपहरु पाएको बताए । उक्त कार्यक्रममा गाउँपालिकाभित्र रहेको सबै वडा कार्यालय र स्वास्थ्य सस्थालाई प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमखहरु, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेका थिए । संचालन सामाजिक विकास अधिकृत यगम कलेल ले गरेका थिए ।
