धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट तानेपछि…

padma

धनगढी – काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्।

Shikhar Dental

जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठगुन्नाले बताइन्। उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो। यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेपछि हंगामा भएको ठगुन्‍नाले बताइन्।

जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने कैलालीको टीकापुर घर भएका नारायण उपाध्यायलाई नियन्त्रणमा लिइएको छ। उनलाई धनगढी विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले उपाध्यायलाई जिल्ला प्रहरीसमक्ष बुझाउने तयारी थालिएको धनगढी विमानस्थल प्रशासनले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.