Attariya Hospital Pvt.Ltd.

धनगढी उपमहानगर पूर्ण खोपयुक्त घोषणा

padma
milan sunchadi

धनगढी – धनगढीलाई पूर्ण खोप सुनिश्चितता उप–महानगरपालिका घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरलाई लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

उपमहानगरपालिकाका सबै बालबालिकाले खोपको पूर्ण मात्रा लगाएको नगरको स्वास्थ्य शाखाले जनाएको छ। पूर्ण खोप सुनिश्चितता र दिगोपना उपमहानगरपालिका घोषणा कार्यक्रममा जिल्ला सम्वनय समिति कैलालीका प्रमुख पदम कलेल प्रमुख अतिथि रहेका थिए। उनले खोप अभियानमा महिला स्वास्थ्य स्वयमसेवीकाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

यस्तै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नीति निर्माणले मात्र नहुने कार्यान्वयन गर्ने सम्यन्त्र बलियो हुनुपर्ने बताए। उनले उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिकहरु सञ्चालनको योजना रहेको सुनाए।

Nawadurga
Leave A Reply

Your email address will not be published.