धनगढी -अत्तरिया ६ लेन सडकमा जीपले गोरुलाई ठक्कर दिँदा एक जनाको मृत्यु

padma

अत्तरिया – धनगढी -अत्तरिया ६ लेन सडकमा जीपले गोरुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ भाटभटेनी अगाडि धनगढीबाट अत्तरिया तर्फ आँउदै गरेको से१ज ८९० नम्बरको बोलेरो जिप गएराती छाडा गोरुसंग ठोक्किएको हो।

Shikhar Dental

दुर्घटनामा गम्भीर घाइते भएका बझाङ्ग तलकोट गाउँपालिका ५ का आकाश मल्लको मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 बोलेरो जिपले छाडा गोरुलाई ठक्कर दिई पल्टिदा गोरु घटनास्थलमै मरेको बताईएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र बोलेरो जिपका चालक बझाङ्ग तलकोट गाउँपालिका ५ बस्ने २२ वर्षीया राम संत्याल  प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.