कृष्णपुरको वनदेवी मन्दिर परिसरमा वृक्षारोपण

padma

अत्तरिया – कञ्चनपुरको कृष्णपुर स्थीत वनदेवी मन्दिर परिसरमा बुधबार वृक्षारोपण गरीएको छ । गुरु पुर्णिमाको अवसर पारेर मन्दिर परिसरमा वृक्षारोपण गरिएको कार्यक्रमका संयोजक समाजसेवी दुर्गा कुमार पोखरेलले बताएका छन् ।

Shikhar Dental

वनदेवीका महन्थ बागम्बर लोमस गिरि माहाराज बाल ब्रम्हचारी सिद्ध गुरुको रुपमा चिनिन्छन। उक्त वृक्षारोपणका लागि विभिन्न बिरुवा उपलब्ध गराइ बृक्षारोपण सम्पन्न गर्न सहयोग गर्ने मोहन भट्टराई, अत्तरिया फार्मेसी, हरि भट्टराई, रुकुम देब भट्ट, यज्ञराज भाट तथा कवि राज कापडी लाई संयोजक पोखरेलले धन्यबाद दिएका छन् ।

संयोजक पोखरेलले आवश्यक भएको अन्य मन्दिरहरुमा पनी आगामी दिनमा वृक्षारोपण जारी राखीने बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.