अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बाँस्कोटामा अलपत्र अवस्थामा एक महिला फेला परेकी छिन ।

बास्कोटा जंगलको किनारमा काखे छोरी सहित बाजुराको बाँधु गाविस ३ मा स्थायी घर भएकी सरिता सार्की फेला परेकी हुन् ।


नागरिकता अनुसार मुगुको श्रीकोट गाविस ८ मा जन्म भएकी उनलाई स्थानीयहरुले फेला पारेको वडा नम्बर ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले बताए ।
अहिले उनलाई बाँस्कोटामै रहेको शहरी स्वास्थ्य केन्द्रमा राखिएको र उनी मानसिक रुपमा अस्वस्थ रहेकी वडाध्यक्ष मल्लले बताएका छन् ।
