कैलालीका एक युवकको कञ्चनपुरमा मृत्यु

padma

कञ्चनपुर – कैलालीका एक युवकको कञ्चनपुरमा मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका-६ का २६ वर्षीय मनिराम चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

Shikhar Dental

प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघरीका चन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका उनी कोठामा बेहोस अवस्थामा फेला परेका थिए। उनको बिहीबार राति महाकाली अस्पतालमा मृत्यु भएको हो।

मदिरा सेवन गरेका चौधरी कोठामा बेहोस अवस्थामा पाइएका घरबेटी गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.