Attariya Hospital Pvt.Ltd.

भारतले धौलीगङ्गाको बाँधको ढोका खोल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

padma
milan sunchadi

 दार्चुला – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।

भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आग्रह गरेका छन् ।

Siddi ganesh

Nawadurga
Leave A Reply

Your email address will not be published.