

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषधसहित युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–४ बाट करिब २ ग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय निर्मल भट्ट शुक्रबार पक्राउ परेका हुन्।
सुपप्र ०१०११ प ४३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भट्टलाई उक्त लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
