Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती विगत एकमहिनादेखि प्रेम सम्बन्धमा थिए। युवकले आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको र धनगढीमा घर भएको भन्दै युवतीलाई आकर्षित गरेका थिए।

निरन्तर फोनमा कुराकानी हुनथालेपछि उनीहरु झनै नजिक हुन थालेका थिए। प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्ने योजनाअनुसार उनीहरूले असार २३ गते भागी बिहे गर्ने योजना बनाएका थिए। विष्ट युवतीलाई लिन घरनजिकै पुगेका थिए। युवती तयार भएर आएपछि विष्टले उनलाई मोटरसाइकलमा राखेर पुनर्वास–५ सिमरीस्थित दोदा पुलसम्म पुगाए। बिहे हुने पक्का भएपछि विष्टले युवतीलाई यौनसम्पर्कको प्रस्ताव राखे। मायामा पागल भएकी युवतीले पनि नाईं भन्न सकिनन्। सोही अनुसार उनीहरु उखु बारीमा गए। त्योबेला सम्म रातको ११ बजिसकेको थियो।

तर, उनीहरु मोटरसाइकलमा भागेको गाउँकै ३ जना युवकले नियालेका थिए। ‘तीनै जना युवकले त्यो जोडी कता जाँदो रहेछ भनेर पिछा गरेका रहेछन्। उनीहरुले जोडीले उखुबारीमा यौनसम्पर्क राखेको समेत देखेका रहेछन्,’ कञ्चनपुर प्रहरीका डीएसपी चक्रबहादुर शाहले भने, ‘त्यसपछि उनीहरूले विष्ट र युवतीलाई धम्काएर पालैपालो बलात्कार गरे।’ तीनैजना युवकले प्रेमी–प्रेमिकाले यौनसम्पर्क राखेको भिडिओ रेकर्ड गरेको भन्दै ब्ल्याकमेल गरेर बलात्कार गरेको प्रहरीको भनाई छ। उनीहरुले आफूहरुलाई यौनसम्पर्क गर्न नदिए भिडिओ भाइरल गरिदिने धम्की दिएको भन्ने खुलेको डीएसपी चक्रबहादुर शाहले बताए।

Siddi ganesh

प्रेमीकै अगाडि बलात्कार गरेको समूहले विष्ट र युवतीलाई घटनाबारे कसैलाई भने भिडिओ भाइरल गर्ने र कुटपिट गर्ने धम्की समेत दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरू भागेपछि विष्टले युवतीलाई मोटरसाइकलमा राखेर घरसम्म पुगाएका थिए। युवती बिरामी भएपछि उनले आफ्नी दिदीलाई सामूहिक बलात्कार भएको कुरा भनेकी थिइन्।

त्यसपछि घटनाबारे शुक्रबार पीडित युवतीले प्रेमीसहित चारैजनाविरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जाहेरी दिएकी थिइन्। जाहेरी दिएकै दिन प्रहरीले उनका प्रेमी सुशील विष्ट, २२ वर्षीय खेमप्रसाद जैसी, १९ वर्षीय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्रीलाई पक्राउ गरिसकेको छ।

युवती स्वास्थ्य परीक्षण पश्चात घरमा छिन्। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.