

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा घुससहित पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार कमिशन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुरले जानकारी दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरका प्रमुख राम बहादुर कुरुम्बाङ्गका अनुसार घोडाघोडी नगरपालिका- १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
