Attariya Hospital Pvt.Ltd.

बजारमा हरियो चुराको व्यापार बढ्यो (फोटो फिचर)

padma
milan sunchadi

अत्तरिया – आज सावन १ गते । सावन महिनामा महिलाले प्रकृतिसँग करया चुरा,पोते किन्ने महिलाको बाक्लो भिड थियो ।

साउनको पहिलो दिन हरेक जसो श्रृंगारका पसलहरुमा चुरा,पोते किन्ने महिलाहरु थिए । असार अन्तीम सातादेखी चुराको व्यापार बढेपनी पहिलेको जस्तो हुन छाडेको व्यवशायी बताँउछन् ।कोरोना पछीका वर्षहरुमा पहिलेको जस्तो भिडभाड भने हुन छोडेको सम्बन्धीत व्यवशायीहरु बताँउछन् ।

Siddi ganesh

उहिलेको जस्तो सावन १ गतेकै दिन हरियो चुरा,पोते लगाउनु पर्छ भन्ने मान्यता परिवर्तन भई असार अन्तीम हप्तादेखी नै लगाउन लागेकोले पनी १ गतेको दिन पहिलेको जस्तो भिडभाड हुन छोडेको व्यवशायीहरुको अनुभव छ ।

पछील्लो समय मानीसहरु घर नजीक भन्दापनी केहि टाढा गएर किनमेल गर्न रुचाउने भएकोले बढी भिडभाड नहुने उनीहरु बताउँछन् ।

विवाहित वा अविवाहित सबै हरियो रङ्गका पहिरन तथा चुरापोतेमा सजिन्छन् ।यो समयमा हरियो, पहेँलो, रातो चुरा तथा हरियो पोते र मेहेन्दी व्यापार बढी हुने गरेको अत्तरियाकी व्यवशायी गीता चौधरीले बताईन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.