कञ्चनपुरमा सर्पको टोकाईबाट महिलाको मृत्यु

padma

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।

Shikhar Dental

बेलडाँडी गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीया कमलादेवी महर बिष्टको सर्पको टोकाईबाट मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।

घरमा सुतिरहेको अवस्थामा गए राति १ः३० बजेतिर सर्पको टोकाइबाट गम्भीर घाइते बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.