अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ७ स्थीत हरैयामा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
सोमबार बेलुकी साढे सात बजेको समयमा मोटरसाइकलले साईकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।



पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सु प प्र ०१००८ प ९७३५ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ठक्करबाट साईकलयात्री गोदावरी नगरपालीका वडा नम्बर ८ घर भएका ३८ वर्षीय अर्जुन चौधरी र मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालीका वडा नम्बर २ घर भएका २८ वर्षीय विक्रम बोगटी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनाको अत्तरियास्थीत पदमा अस्पतालमा उपचार भईरहेको र अवस्था मध्यम रहेको जनाईएको छ । मोटरसाइकल तथा साइकल प्रहरीको नियन्त्रणमा रहेको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
