मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना स्थित कामिकाटे खोलाको पुलमा मोटरसाइकल ठोक्किँदा ब्रह्मदेव विओपीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार रमेश धामीको मृत्यु भएको छ ।

धामीले चलाइरहेको सुपप्र ०२००३ प ४३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएको बताइएको छ । सोमबार बेलुका पुलमा ठोक्किई घाइते भएपछि धामीलाई महाकाली प्रादेशिक अस्पतालमा लगिएको थियो ।

nisarga

धामीको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताएका छन् ।