काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।


आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।
आज ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
