कञ्चनपुर – कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएका व्यत्तिले खुकुरी प्रहार गर्दा तीन जना घाइते भएको छन् । पुनर्वास नगरपालिका २ अम्रैयाका मानसिक सन्तुलन बिग्रिएका टेके सार्कीले खुकुरी प्रहार गर्दा मंगलवार तीन जना घाइते भएका हुन् ।
खुकुरी प्रहारबाट स्थानीय ४५ वर्षीय धनसरा रावत, ३८ वर्षीय मधु महता र ४७ वर्षीय बिरसिंह राना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिएका छन् ।



खुकुरी प्रहारबाट घाइतेहरुको टाउको र छातीमा गहिरो घाउ भएको छ।
घाईते तीनै जनाको स्थानीय वी एम पोलिक्लिनकमा उपचार भैरहेको छ। खुकुरी प्रहार गर्ने सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मानसिक सन्तुलन गुमाएका सार्कीले गाउँमा नाङ्गो खुकुरी नचाउँदै हिड्न थालेपछि उनलाई नियन्त्रण गर्ने क्रममा तीनै जना माथि खुकुरी प्रहार गरिएको बताइएको छ।
