
अत्तरिया – बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि जिल्ला जोड्ने सडक नदीले कटान गर्न थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जालेवगरमा सडक कटान हुन थालेको छ। अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन्। पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ।

















