
अत्तरिया – सुदुरपश्चिम विश्वविध्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य तथा दुर्गालक्ष्मी वहुमुखी क्याम्पसका उप प्राध्यापक मान बहादुर पालको निधन भएको छ । पालको ५० बर्षको उमेरमा बिहिवार निसर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
असार २७ गते उनलाई मष्तिस्कघात भई निसर्ग अस्पतालमा भर्ना गरेको थियो । उपचारका क्रममा बिहिवार साझ मृत्यु भएको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसले जनाएको छ । झण्डै १३ बर्षदेखि दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका थिए भने उनी दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसको व्यवस्थापन संकायको संयोजक समेत थिए ।

उप प्राध्यापक पालको असामायिक निधनले क्याम्पस स्तब्ध भएको छ । क्याम्पसले मृत आत्माको चिर शान्तिको कामना सहित गहिरो समवेदना प्रकट गरेको छ ।



















