स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सँस्थाबाट फिर्ता भएकी कार्तीकाले बाटोमै दिईन् शिशुलाई जन्म

padma

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमा शिशुलाई जन्म दिएकी छिन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ बर्षिय कार्तिका बिकले बाटोमा शिशुलाई जन्म दिएकी हुन् ।

सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले गाउँ बाट एक घण्टा भन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए ।

Shikhar Dental

घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताएका छन् । कार्तिका बिकको यो तेस्रो बच्चा रहेको जनाइएकाे छ ।
स्वास्थ्यकर्मी होलान भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरालाई जन्म दिएको बल बहादुर विकले बताएका छन् ।

वडा अध्यक्ष अजय बहादुर बिकका अनुसार माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको वताए । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि ईकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी बिहिन भएको अजयले वताएका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत अनमि अहेब कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन् । आबश्यकता आधारमा मात्र करार थप गर्ने वा बिज्ञापन मार्फत भर्ना गर्ने वताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.