Attariya Hospital Pvt.Ltd.

७०३ जनालाई अपांगता परिचयपत्र वितरण

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले आर्थीक वर्ष २०७८÷७९ मा ७०३ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । नगरपालीकाको महिला विकास शाखाले आर्थीक वर्षको असार मसान्तसम्म नगर भित्रका ७०३ जनालाई अपांगता परिचयपत्र वितरण गरेको हो ।

अपांगताको अवस्था हेरी “क”, “ख”, “ग” र “घ” गरी चार वर्गमा विभाजित गरी परिचयपत्र वितरण गर्ने गरिन्छ । “क” वर्गमा सबैभन्दा कम ७८ जनालाई परिचयपत्र वितरण गरीएको गोदावरी नगरपालीका महिला तथा बालबालीका शाखाकी प्रमुख गोदावरी धामी खत्रीले बताएकी छिन् । जस्मा २६ जना महिला र ५२ जना पुरुष रहेका छन् । त्यस्तै सबैभन्दा बढी “ख” वर्गमा ३६३ जनालाई परिचयपत्र वितरण गरिएको उनले जनाकारी दिएकी छिन् । जस्मा १२५ जना महिला र २३८ जना पुरुष रहेका छन् । त्यसैगरी १६१ जनालाई “ग” वर्गको अपांगता परिचयपत्र वितरण गरिएको छ ।

यस्मा ६९ जना महिला र ९२ जना पुरुष रहेका छन् । ४९ जना महिला र ५२ जना परुष गरी १०१ जनाले “घ” वर्गको अपांगताको परिचयपत्र पाएका छन् । अपांगता भएका व्यत्तिहरुले परिचयपत्रको आधारमा राज्यबाट तोकीएको सेवा सुविधा पाउने गर्दछन् । पुर्ण रुपमा अशत्त भएको,सधैँ अरुको साहरामा बाँच्नुपर्ने व्यत्ति “क” वर्गमा पर्ने गर्दछन् भने दैनीक दिनचर्याका केहि काम आफै गर्न सक्ने तर स्वास्थ्यमा जटील समस्या भएका व्यत्ति “ख” वर्गमा पर्ने गर्दछन् ।

Siddi ganesh

त्यसैगरी हातको कुमभन्दा तलको भाग नभएको,औला नभएको व्यत्तिलाई “ग” वर्गको अपांगता परिचयपत्र वितरण गरीन्छ । त्यसैगरी दैनीक दिनचर्याका सबैकाम आफैले गर्नसक्ने तर हातखुट्टा ,औलाहरु बांगाटिंगा भएका व्यत्तिहरुले “घ” वर्गको अपांगता परिचयपत्र प्राप्त गर्दछन् । अपांगता परिचयपत्र वितरण कार्यक्रम महिला तथा बालबालीका शाखाको नियमित कार्यक्रम हो । अपांगता परिचयपत्र वितरण समुन्वय समितीका सदस्यहरु,शाखाका कर्मचारी बसेर डाक्टरको रिर्पोट तथा ऐन कानुन एवम् कार्यविधीको आधारमा अपांगता भएको व्यत्तिलाई हेरेर छलफल गरी अपांगता परिचयपत्र प्रदान गर्ने गरिन्छ ।

गोदावरी नगरपालीकाले हरेक महिनाको १ गते अपांगता परिचयपत्र वितरण गर्ने गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.