

धनगढी – धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का जिवन कुँवरको मृत्यु भएको हो।
१२ वर्षीय कुँवरको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
