Attariya Hospital Pvt.Ltd.

अत्तरियामा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते,एकको अवस्था गम्भीर

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका-१,अत्तरियास्थीत विद्युत कार्यालय नजिक धनगढीबाट अत्तरियातर्फ आँउदै गरेको सु.प.प्र.०१–०११ प.४००१ नम्बरको मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार राति पौने १२ बजे तिरको समयमा भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-१० का २९ वर्षीय मोहनराज अवस्थी र पछाडि सवार धनगढी-१३ का २२ वर्षीय रामचन्द्र अवस्थी घाइते भएका प्रहरीले बताएको छ। चालक अवस्थीको अवस्था गम्भीर रहेको बताइएको छ।

दुवै जनालाई पद्मा अस्पताल अत्तरियामा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढीस्थीत माया मेट्रो अस्पताल लगीएको प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.