
धनगढी – धनगढीमा नागरिकता विधेयकको विरोधमा राँके जुलुससहित प्रर्दशन गरिएको छ। नेकपा एमाले निकट अनेरास्ववियु धनगढी उपमहानगर कमिटी र राष्ट्रिय युवा संघ धनगढी उपमहानगर कमिटीले राँके जुलुससहित प्रर्दशन गरेका हुन्।
उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि राँके जुलुससहित सरकारविरुद्ध नारावाजी गरेका थिए। उक्त विधेयक फिर्ता लिनुपर्ने उनीहरुको माग छ। शुक्रबार राति प्रतिनिधिसभाबाट उक्त नागरिकता विधेयक पारित भएको थियो।
